नेपालको निर्णयले भारतका यी बजारहरु सुक्न थाले

प्रकाशित मिति : असार २०, २०७७ शनिबार


काठमाडौँ । नेपाल भारत सीमा विवादको असर भारतीय बजारमा देखिएको छ। नेपालको निर्णयपछि भारतीय बजार सुक्न थालेका छन्।

सीमा क्षेत्रमा रहेका भारत बिहारमा बजारमा सबैभन्दा बढी किनमेलका लागि नेपालीहरु जाने गरेका थिए। तर अहिले ती बजारमा नेपालीहरु किलमेलनका लागि जान छोडेपछि बजार सुनसान जस्तै बनेका छन्।

नेपालीहरुले भारतीय किराना पसलबाट भाडाकुडी, कपडा, खाद्यान्नका सामाग्रीहरु किनेर ल्याउने गरेका थिए। तर पछिल्लो समय नेपाली ग्राहक भारत जान छोडेपछि भारतीय पसल सुक्न थालेका हुन्।

बजार सुक्न थालेपछि आफ्नो पसल नै त्यहाँबाट हटाउने तयारीमा रहेको एक पसलेले बताए। पहिले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र अहिले सीमा विवादका कारण सीमा शील गरेपछि भारतीय बजारमा नेपाली जान छाडेका हुन्।


प्रतिक्रिया दिनुहोस्