कोरोना भाइरसको अर्को नयाँ रुप, अध्यधिक तिब्र रुपमा गर्दै आक्रमण

प्रकाशित मिति : असार २०, २०७७ शनिबार


काठमाडौँ । कोरोना भाइरस ( कोभिड १९) को नयाँ नयाँ रुप फेला परेको छ। अध्ययनको एक अन्तर्राष्ट्रिय टिमले कोरोना भाइरसको अर्को नयाँ रुप पत्ता लगाएको हो।

अध्ययनका अनुसार कोरोना भाइरसको नयाँ रुपमा अध्यधिक तिब्र रुपमा मानिसलाई संक्रमित बनाउन सक्ने क्षमता रहेको पाइएको छ। हाल कोरोनाको नयाँ रुप धेरै जसो मानिसमा देखिएको अध्ययनको दाबी छ। सीएनएनमा प्रकाशित खबरका अनुसार कोरोनाको नयाँ रुप यूरोपबाट अमेरिका पुगेको छ।

कोरोनाको नयाँ म्यूटेशनमा संक्रमण फैलाउने अधिक क्षमता रहेको अध्ययन कर्ताको दाबी छ। तर कोरोनाको यो नयाँ रुपमा कोरोना संक्रमित भएका व्यक्तिलाई पहिले जस्तो गम्भिर स्वास्थ्य समस्या भने देखिदैन्।

अहिले अनुसन्धान कर्ताले यो कोरोना संक्रमणको नयाँ रुपमा कोरोनाविरुद्धको भ्याक्सिनले काम गर्छ वा गर्दैन् भन्ने बारेमा अध्ययन गरिरहेका छन्। कोरोना भाइरसको यो नयाँ रुपलाई G614 नाम दिइएको छ।

बेलायतको ड्यूक यूनिभर्सिटीकोका डेभिड मोन्टेफिओरेका अनुसार यो नयाँ रुपको संक्रमण ३ देखि ९ गुणाबढी तिब्र रुपमा फैलिएको छ।


प्रतिक्रिया दिनुहोस्