ज्ञानेन्द्र शाहीले भाषण गरेपछि ट्याक्सी व्यवसायीको आन्दोलन नै तुहियो ! 

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार


काठमाडाैं । गत मंगलबारदेखि सुरु भएको ट्याक्सी चालक तथा व्यवसायीको आन्दोलन स्थगित भएको छ। ट्याक्सी चलाउन पाउनुपर्ने माग राख्दै गरिएकाे आन्दोलन आन्तरिक विवादले भाँडिएको बताइएकाे छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पुर्वछाने मगरले ज्ञानेन्द्र शाहीलाई बोलाएर भड्काउ भाषण दिन लगाएका कारण आन्दोलन भाँडिएको अखिल नेपाल यातायात मजदुर संघ, ट्याक्सी विशेष समितिका उपाध्यक्ष रविन्द्र भुपाल प्रधानले बताउनुभएकाे छ । सानु पुर्वछाने मगरले आफूले कुनै पनि बाहिरी व्यक्तिलाई नबोलाएको र ट्याक्सीको विषयमा कसैले बोल्छु भन्दा नराेकेकाे बताउनुभएकाे छ ।

अखिल नेपाल यातायात मजदुर संघ, ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले संयूक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै केही समयभित्रै ट्याक्सी संचालन कार्यविधि बनाएर संचालन गर्न दिने प्रतिवद्धता सम्बन्धित निकायले जनाएको र काेराेना संक्रमणको जोखिमलाई पनि मध्यनजर गर्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्