दाङका एक प्रतिष्ठित व्यक्तिले सलह कीरा फ्राइ गरेर यसरी खाए

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौँ । भारत हुँदै शनिबार नेपाल भित्रिएको सलह कीरा नियन्त्रणका बारेमा बहस भइरहेका बेला केही विज्ञले भने यो निकै पोषिलो हुने बताइरहँदा दाङका एक व्यक्तिले भने यसलाई फ्राइ गरेर खाएका छन्।

दाङका प्रतिष्ठित व्यक्ति तथा पत्रकार गोबिन्द खड्काले सलह कीरा फ्राइ गरेर खाएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा सलह फ्राइन गरेर खाएका केही तस्वीरहरु पनि शेयर गरेका छन्। कृषिविज्ञ मदन राईले यसअघि सलह कीरा छिद्रा माछाभन्दा पनि पोषिलो हुने बताएका थिए।

साथै उनले आफ्ना विद्यार्थीलाई माछामासुको सट्टा सलह खुवाउने भन्दै प्रतिक्रिया एक सय रुपैयाँमा किन्ने घोषणा पनि गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्