पेट्रोल र डिजेलको मूल्य बढ्यो

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

मंगलबार निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।

अब काठमाडौँमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको हो।

निगमका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।


प्रतिक्रिया दिनुहोस्