काठमाडौँ छिर्‍यो सलह, स्वयम्भू हुँदै नागर्जुनतर्फ ठूलो झुण्ड प्रवेश

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौँ । शनिबार रुपन्देही, सिन्धुलीलगायतका जिल्लामा देखिएको सलह काठमाडौँ आइपुगेको छ। काठमाडौँ महानगरपालिका–१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन्।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौँमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ। काठमाडौँको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले जानकारी दिए।

काठमाडौँको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ। आइतबार दिउँसो ४ तिर सिन्धुली आइपुगेको सलहको समूह काभ्रे हुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो। काठमाडौँ आउने सलह त्यही हो वा नयाँ भन्ने बारे भने नखुलेको प्राविधिकहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्