१७ वर्षको उमेरदेखिनै साम्राज्ञीमाथि यौन दुर्व्यवहार, आफूलाई छोरी भन्ने भुवन केसीलाई लाग्याे यस्ताे आरोप

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडाैं । १७ वर्षको उमेरदेखिनै आफूमाथि दुर्व्यवहार हुन शुरू गरेकाे नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले खुलासा गरेकी छिन् । नायक भुवन केसीमाथि नै साम्राज्ञी राज्यलक्ष्मी शाहले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् ।

१७ वर्षको उमेरमा पहिलो फिल्ममा अभिनय गरेकी उनले पहिलाे फिल्ममानै जे जति कुरा सामना गर्नुपर्यो, त्यो एक किशोरीले सहन सक्ने कुरा नभएको समेत उनले भिडियाे मार्फत बताएकी छिन ।

फिल्मको व्यवस्थापन राम्रो नभएकाे, समयमा खाना नपाएकाे साथै पानीको समेत राम्रो व्यवस्था नहुँदा मुख छोडेर तथानाम गाली समेत गरेको साम्राज्ञीले आराेप लगाएकी छिन । अर्को फिल्मको सुटिङका बेला पनि आफूले अभिभावक मानेर असाध्यै विश्वास गरेको व्यक्तिले नै विश्वासघात गरेको उनकाे आरोप छ । दुर्व्यवहारका कारण नै उनीहरुबाट आएको कामको प्रस्ताव आफूले अस्विकार गरेकाे समेत उनले बताएकी छिन ।

ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि साम्राज्ञीले नायक भुवन केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै सामाजिक सञ्जालमा पाेष्ट गरेकाे भिडियो अहिले फिल्म जगतमा चर्चाकाे विषय बनेकाे छ । आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताएकी छिन । ड्रिम फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो ।

यही फिल्मको सुटिङको बेला अनमोल र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको कुरा बाहिर चर्चा भएकाे थियाे । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण रहेको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छिन् ।

साम्रज्ञीले यी कुरा बाहिर ल्याएसँगै भुवनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छनु , ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’


भुवनको प्रतिक्रिया पछि साम्राज्ञीले पुनः अर्को भिडियो बनाउँदै भुवन केसीलाई यौन पिपाषुको संज्ञा समेत दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘उहाँले मसँग राम्रो व्यवहार गरेको भए, मैले यस्तो भन्नुपर्ने स्थिती सृजना नै हुँदैनथ्यो । यो स्थिती आएको नै उहाँले गर्दा हो । उहाँले कतिजनालाई गर्नुभएको छ वा छैन, मलाई थाहा छैन । त्यो स्थितीमा कतिजनाले बोल्नुभएको होला तर कसैले नसुनेको पनि हुनसक्छ । अहिले यो सोसल मिडियाले गर्दा बल्लबल्ल हाम्रो कुरा सुनिएको छ ।’

‘जुन थालमा खायो, त्यहि थालमा दुलो पार्यो भनेर लेख्ने मान्छेले जापानमा एउटा कार्यक्रम हुँदा ‘बाबा, हेर् तँ त मेरो प्रोडक्ट हो, अब त्यो पुरानो कुरा गरेर, तँलाई के फाइदा, मलाई के फाइदा, तँ एउटा स्थानमा पुगिसकिस्, यस्तो कुरा नगर्’ भनेर मलाई सम्झाउनुभयो,’ उनी थप्छिन्, ‘साँचो भन्नुपर्दा मलाई भित्रैदेखि घिन लागिरहेको थियो तर हाँसेरै बोलिदिएँ । फेरि त्यहि व्यवहार । मसँग टाँस्सिएर, मुख जोडेर बोले । ती व्यक्ति यौन पिपाषु हुन् । त्यहि कुरा साधारण तरिकाले भन्दा पनि हुन्छ नि, गाला नै जोडेर त भन्नु पर्दैन नि । हस् अंकल भनेँ, अंकल भनेको पनि उसलाई मन पर्दैन, त्यसैले हस् दाइ भनेँ । उनी त पहिलो व्यक्ति हुन्, त्यसपछि मलाई कतिजनाले के के गरेको छ, म चुप लागेर बसिरहेको छु । ’


प्रतिक्रिया दिनुहोस्