आज सुनको मूल्य घट्यो, चाँदीको कति ?

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौँ । आज सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोला ९१ हजार ३ रुपैयाँमा कारोबार भैरहेकोमा आज प्रति तोलामा एक सय रुपैयाँले घटेर प्रति तोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रति तोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोल ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्