सोमबार थपिए ४ सय ७६ संक्रमित

प्रकाशित मिति : असार १५, २०७७ सोमबार


काठमाडौं । नेपालमा आज थप ४७६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आज नयाँ ४७६ जना संक्रमित थपिएको बताए।

यो सँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या १३२४८पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्