हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : असार १५, २०७७ सोमबार


काठमाडौँ । आइबार सुन तोलामा ७ सय रुपैयाले बढेर ९१ हजार ३ सय रुपैयामा कारोबार भएको सुनचाँदीको भाउ सोमबार स्थिर रहेको छ । आज पनि सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन हालसम्मकै उच्च भाउ हो ।

त्यस्तै आइतबार तेजाबी सुन प्रति तोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भएकाेमा आजपनि साेही मूल्यमै काराेबार भैरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोल ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्