३६ करोड वर्ष पहिले ओजन तहको छेदले भएको थियो पृथ्वीको विनाश, फेरि देखियो खतरा

प्रकाशित मिति : असार १४, २०७७ आईतबार


लकडाउनका कारण ओजन तहको छेद भरिएको खबरले धेरैलाई खुसी बनाएको थियो। त्यसपछि फेरि आर्कटेकमाथि ओजन तहमा एक छेदको खबर आयो । फेरि रिर्पोट आयो की त्यो पनि भरियो। विश्वभर भएको लकडाउनले त्यो चीज दियो, जसका लागि वैज्ञानिकले वर्षौदेखि प्रयास गरेका थिए।

तर यसबीचमा फेरि अर्को रिर्पोट सार्वजनिक भएको छ। जसले धेरै वैज्ञानिकको निद्रा उडाइदिएको छ। एक ठूलो उल्लापिड पृथ्वीमा ठोक्किने आशंका गरिएको छ। रिर्पोटका अनुसार यस्तो घटना ६.६० करोड (६६ मिलियन) वर्ष पहिले भएको थियो। जसका कारण पृथ्वीका ७५ प्रतिशत जीवजन्तु मारिएका थिए।

यतिमात्र हैन् हजार वर्षसम्म आकासबाट धुँवा आएको थियो। जसका कारण पृथ्वीमा सूर्यको प्रकाश पनि पुग्न सकेको थिए। साइन्स एडवान्सेज म्यागजिनको रिर्पोट अनुसार ३६ करोड वर्ष पहिले ओजन तहमा छेद भएको थियो। जसका कारण पृथ्वीमा रहेका बोट विरुवा र समुद्री जीव जन्तु समेत सखाप भएका थिए।

पृथ्वीमा आगैआगै थियो। जसका कारण पृथ्वी भयानक गर्मीबाट जुधेको थियो। अति प्राचीन पत्थरको छेदमा निकै सूक्ष्म विरुवा पाइएका थिए। ती विरुवामाथि गरिएको अनुसन्धानबाट वैज्ञानिकले यस्तो दाबी गरेका हुन्। यस क्रममा पनि केही विरुवा सकुशल रहेका थिए। बाँकी खराब भएका थिए। विरुवाको वैज्ञानिकले डीएनए टेष्ट गराएका थिए।


प्रतिक्रिया दिनुहोस्