फेक न्यूजलाई रोक्न फेसबुकले ल्यायो यस्तो नयाँ नियम

प्रकाशित मिति : असार १४, २०७७ आईतबार


काठमाडौँ । पछिल्ल्लो पटक फेसबुकले फेसबुकमा रहेका पुराना समाचार सेयर गर्न हतोत्साही गर्ने नियम फेसबुकले ल्याएको छ ।

अहिले पुरानो समाचार सेयर हुदा नयाँ समाचार भनेर मानिसहरुले लिंक नै नखोली सेयर गरिदिदा अनेकौं अफवाह चलिरहेको अवस्थामा यसरी हुने सेयरले फेकन्यूजलाई प्रेरित गर्ने भन्दै फेसबुकले अब ९० दिन भन्दा पुरानो समाचार सेयर गर्नु अघि यसको सूचना प्रयोगकर्तालाई दिने जनाएकाे छ ।

९० दिनभन्दा पुरानो सूचना सेयर गर्न खोज्दा यो समाचार ९० दिनभन्दा पुरानो हो भन्ने संदेश दिने र त्यसमा सेयर गर्ने या क्यान्सिल गर्ने भन्ने अप्सन दिने फेसबुकले जनाएको छ ।

फेसबुक प्रयोगकर्ताले कुनै समाचार कहिले प्रकाशित भएको हो भन्ने जानकारी नहुदा पनि सेयर गर्नेको संख्या अत्यधिक धेरै हुने हुनाले यो कदमले पुरानो समाचार सेयर हुने र फेक न्यूजप्रेरित हुनेक्रम धेरै हदसम्म रोकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्