कृषिमा रमाउँदै गायक अमृत गुरुङ

प्रकाशित मिति : असार १३, २०७७ शनिबार


काठमाडौं । चर्चित सांगितिक ब्यान्ड ‘नेपथ्य’का प्रमुख गायक अमृत गुरुङ पछिल्लो समय कृषि कर्ममा व्यस्त छन्।

लकडाउन भएयता आफ्नो पुर्ख्यौली गाँउ स्याङ्जा फर्किएका गुरुङ खेतिपातीमा सक्रिय भएका हुन।

गुरुङले सामाजिक सञ्जालमा खेतबारीमा काम गर्दै गरेका तस्विरहरु सेयर गरेका छन्।

गायक गुरुङले पछिल्लो पोष्टमा लेखका छन्, ‘चार महीना अघि छरेको मकै, आज खान पाइयो। कोही सयौं वर्षलाई सोच्छन्, किसानले सोच्ने एक वर्षलाई नै हो.. यो वर्षको मकै बाली राम्रै हुने देखिन्छ।’

चर्चित गायक गुरुङले आफूलाई सामान्य ग्रामीण जीवनमा रुपान्तरण गरेका हुन।

उनी एउटा सामान्य किसान जस्तै सोच्न सक्छन भने प्रकृतिमा हुने परिवर्तनको संकेतबारे भेउ पाउन सक्छन्।

ग्रामीण परिवेशमा रमाइरहेका गायक गुरुङमा पुर्ख्यौली ज्ञान, सिप र दक्षता पनि उत्तिकै छ। उनी अहिले भिरपाखा, खोलानाला र खेतिबारी सँगै रमाइरहेको देखिन्छ।

गायक गुरुङको प्रतिष्ठा र ख्याती स्वदेशमा मात्रै नभई विदेशीहरुमाँझ समेत लोकप्रिय छ।

हालै भारतका भारतीय खेलकुद मन्त्रीले हिमालयन क्षेत्रमा खिचेको भिडियोको पृष्ठभूमीमा गुरुङले गाएको ‘रेसम’ गीत बजिरहेको छ।

ग्रामीण परिवेसमा रुपान्तरणले गुरुङको लोकप्रियता झनै बढाईदिएको छ।


प्रतिक्रिया दिनुहोस्