सुशान्तका बुवाले भने, तीन वर्षको भाकलपछि जन्मिएको छोरो, ठूलो चोट दिएर गयो

प्रकाशित मिति : असार १३, २०७७ शनिबार


काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि नातावादको विषयले बलिउड तातिएको छ। त्यो भन्दा ठूलो चोट सुशान्तका परिवारलाई पुगेको छ।

सुशान्त एक्ला छोरा थिए। नेपाल र भारतीय समाजमा छोराको महत्व उस्तै उस्तै छ। सुशान्तको परिवारमा पनि त्यो देखिएको थियो। तर उनको मृत्यले परिवारलाई जति पीडा दिएको छ, त्यसबाट परिवारका सदस्य कहिले पनि बाहिर निस्कने सक्ने छैनन्। सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराका बारेमा भावुक कुरा राखे।

सुशान्तका पिताले एक अन्तरवार्तामा सुशान्त अत्यधिक भाकल गरेपछि जन्मिएको बताएका छन्। सुशान्तलाई उनी भगवानको उपहार मान्दथे।

उनले भने, ‘धेरै भाकल गरेपछि जन्मिएको थियो। तीन वर्ष भाकल गरेको थिएँ, उसका लागि । चार छोरी र एक छोरा। र जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ । आज उसले ठूलो चोट दिएर गएको छ।’

सुशान्तका पिताका अनुसार सन् २००२ मा उनकी श्रीमतीको मृत्यु भएपछि छोरा आध्यामिक भएका थिए।

सुशान्तले आफ्नो समस्याबारे कुराकानी गर्थे कि गर्थेनन् भन्ने प्रश्नको जवाफमा उनका पिताले भने, ‘अन्तिम दिनतिर के भयो हामीलाई थाहा छैन। सुशान्तले हामीसँग यसबारे केहि भन्दैनथ्यो। हामी पनि फिल्म इन्डष्ट्रिबाट निकै टाढा हुन्थ्यौं।’


प्रतिक्रिया दिनुहोस्