यो साता निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् असार १३ देखि १९ गतेसम्मको राशिफल

प्रकाशित मिति : असार १३, २०७७ शनिबार


असार १३ गतेदेखि १९ गतेसम्मको साप्ताहिक राशिफल

मेष

पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ। साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन्। दाम्पत्य जिवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवम खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ ।

वृष

यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम कृषिबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति बढ्नेछ । मित्रता टुट्ने एवम स्त्री पक्षसँग वैरभाव रहनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवम कला, संगीतमा रुचि एवम प्रगति बढ्नेछ।

मिथुन

बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ। प्रेममा भनाभन एवम पारिवारिक विवाद निम्तिनेछ । सन्तानको स्वास्थ्यमा बाधा एवम चिसोको समस्याले खर्च बढ्नेछ।

कर्कट

नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठुलाबडासँग सम्बन्ध बढ्नेछ । बाहनबाट सामान्य क्षति एवम सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सामान्य चोटपटकको योग देखिन्छ।

सिंह

यात्रामा खर्च हुनेछ । सामान हराउन सक्ने एवम आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवम पेटको समस्याले दुःख दिनेछ । छोटो यात्राको अवसर मिल्ने एवम दाजुभाइबाट भने सहयोग पाइनेछ । कृषि एवम तरल पदार्थबाट धन आर्जन हुने एवम महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ।

कन्या

आम्दानीले साथ दिनेछ । पशुचौपाया तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवम अंशबण्डा एवम घरायसी सम्पत्तिमा विवाद आउनेछ।

तुला

राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम दाजुभाईको स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको मध्यमा भने राम्रो आम्दानी हुने एवम लगानीमा प्रतिफल मिल्नेछ । साताको अन्त्य भने खर्चिलो एवम झन्झटिलो हुनेछ ।

वृश्चिक

धार्मिक एवम सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम खर्च बढ्नेछ । साताको मध्यमा भने राजनीतिक भेटघाट हुने, ठुलाबडाले साथ दिने एवम काममा जस मिल्नेछ । साताको अन्त्यमा भने आम्दानीले साथ दिनाले कारोबारमा सन्तुष्टि मिल्नेछ । कृषि क्षेत्रबाट आम्दानी राम्रो हुनेछ ।

धनु

स्वास्थ्यमा बाधा एवम काममा रोकावट हुनेछ । अपजसको भय एवम मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम यात्राको सुख मिल्नेछ । शिर दर्द एवम शारिरीक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवम माटोबाट लाभ मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक सहयोग मिल्ने एवम कामबाट जस पाइनेछ ।

मकर

प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवम गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवम साताको अन्त्यमा विदेशबाट सहयोग प्राप्त हुनेछ । मातृपक्ष एवम ससुराल पक्षबाट आर्थिक एवम नैतिक सहयोग मिल्नेछ ।

कुम्भ

खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवम जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने एवम प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ। साताको अन्त्य भने सामान्य तनावपूर्ण हुनेछ।

मीन

विद्याध्ययनमा प्रगति एवम वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम काममा प्रगति मिल्नेछ । मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धि समस्या बढ्ने, मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवम सवारी साधनले धोका दिन सक्नेछ। साताको अन्त्यमा भने व्यवसायिक यात्रा हुने एवम साझेदारीमा फाइदा मिल्नेछ। पारिवारिक भेटघाट एवम यात्रामा खर्च बढ्नेछ।


प्रतिक्रिया दिनुहोस्