रोपाइँ गर्न गएका किसानको चट्याङ लागेर मृत्यु

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ७ : १३


कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको छ।

खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ ।

यो क्रम आगामी तीन/चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उहाँले आम सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । विभागले तराई र चुरिया क्षेत्रमा बढी पानी पर्ने जनाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्