सुशान्त सिंह राजपुतपछि अर्की ‘स्टार’ले गरिन् आत्महत्या

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार


काठमाडौं । भारतीय एक अर्की कलाकारले आत्महत्या गरेकी छिन्।

१६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनको मृत्युको खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको पोष्टमा उल्लेख गरेका छन्।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्।

View this post on Instagram

And Its TIME to get knocked out by this lethal combination of an Epic Punjabi Song and an enchanting beauty. Watch the King of Desi Hip-Hop Bohemia, soulful singer JS Atwal along with Lola Gomez in the official video of Our Latest Single, “Sharaabi Teri Tor”. The Most Awaited Song of 2020 is OUT !! Watch the Video Now. . . . @iambohemia @atwalinsta @lolitaxo__ @mbmusicco @meetbrosofficial @meet_bros_manmeet @harmeet_meetbros @shaxeoriah @urshappyraikoti @jaggisim @desihiphopking @touchblevins @raajeev.r.sharma @itsumitsharma @psycho_marketer @fameexpertz #SharaabiWalk #SharaabiWalkChallenge #SharaabiTeriTor #Bohemia #HipHop #Rap #Punjabi #JsAtwal #HappyRaikoti #intoxicating #MBMusic #sharaab #musicvideo #fameexpertz

A post shared by Siya Kakkar (@siya_kakkar) on

आत्महत्याका घटना बढ्दै जाँदा भारतमा युवाहरुलाई मनोवैज्ञानिक रुपमा बलिओ बनाउनुपर्ने आवाज उठ्न थालेको छ।

उनले किन आत्महत्या गरिन् भन्ने बारे केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो।

बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गुमाएको छ।


प्रतिक्रिया दिनुहोस्