उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ४ : ४७


काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं र भक्तपुर जिल्लामा ४र४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ।

काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको हो।

उनीहरु कुन ठाँउका हुन भन्नेबारे मन्त्रालयले खुलाएको छैन। बाहिरबाट उपत्यका भित्रिनेक्रम बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ।

मन्त्रालयका अनुसार पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी ५ का ती पुरूषको बिहीबार बिहान मृत्यु भएको हो।

त्यस्तै बिहिबार नेपालभरि पछिल्लो २४ घन्टामा ४ सय ३४ संक्रमित थपिएको हो। हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ। तीमध्ये २६ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्