बाटोको छेउमा नवजात शिशु मृत अवस्थामा फेला

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ३ : ५९


चितवन । भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ।

सालनालसहित बेरिएको अवस्थामा आज शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्