लागुऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा इन्स्पेक्टर पक्राउ

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार


काठमाडौं । लागुऔषधको कारोबारमा संलग्न देखिएको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोले उनलाई बिहीबार कार्यालयबाटै पक्राउ गरेको हो।

बुधबार पेप्सिकोलास्थित एक घरबाट बरामद भएको ६ सय ५० बोतल लागुऔषध ओसारपसारमा उनको संलग्नता देखिएपछि पक्राउ परिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्