कोरोना संक्रमितको शव गाड्ने क्रममा झडप

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १ : ४६


काठमाडौं । पोखरामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापना गरिएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको हो।

उपचारका क्रममा ती संक्रमित व्यक्तिको मृत्यु भएको थियो ।

उनको शवलाई पोखरा महानगरपालिका–३१ मजुवामा रहेको सेतीघाटमा व्यवस्थापन गरिएको छ।

सो क्रममा संक्रमणबाट मृत व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानियले टायर बालेर विरोध प्रर्दशन गरेका छन्।

शव गाड्नका लागि जेसिभिले खाल्डो बनाउँदै गर्दा स्थानीयले प्रदर्शन गरेका हुन्।

आन्दोलित स्थानीयहरुले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो केही समय अवरोध समेत गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षप गर्दा सामान्य झडप समेत भएको थियो। झडपमा केही स्थानीय घाइते भएका छन्।

संक्रमितको मृत्यु भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा आज एक दिनका लागि बन्द गरेको छ।


प्रतिक्रिया दिनुहोस्