तानसेनमा घर भत्कियो

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ११ : २५


पाल्पा । तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ ।

अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताउनुभयो ।

प्रनानि नेपालीका अनुसार घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन ।


प्रतिक्रिया दिनुहोस्