गोबिन्दा र यशराजको कार ठोक्किएर दुर्घटना, भित्रै बसेका गोबिन्दाका छोरा…

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : २६


काठमाडौँ । बुधबार राति मुम्बईको जुहू क्षेत्रमा अभिनेता गोबिन्दाका छोरा यशवर्धन आहुजाको कार दुर्घटनाभएको छ।

उनको कारलाई आदित्य चोपडाको यशराज फिल्म्ससँग जोडिएको एउटा कारले ठक्कर भएर दुर्घटना भएको हो। यद्यपि, दुर्घटनामा दुबै कारमा सवार कसैलाई पनि गम्भीर चोट नलागेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गोबिन्दाको कारमा उनका छोरा यशवर्धन आशूजा र ड्राइभर थिए। यशराजको कारलाई एक ड्राइभरले चलाइरहेका थिए। जूहू प्रहरीका अनुसार यो मामिलामा कसैले पनि ऊजुरी दर्ता गराएका छैनन्। मामिलाई दुबै पक्षले आपसी समझदारीमा सुल्झाएका छन्।

५६ वर्षीय गोबिन्दाका दुई सन्तान छोरी टीना र छोरा यशवर्धन छन्। टिना बलिउडमा प्रवेश गरिसकेकी छिन् र गोबिन्दालाई अब यशबाट ठूलो आशा छ। यशले लण्डनबाट फिल्म मेकिङको पढाई गरेका छन्।


प्रतिक्रिया दिनुहोस्