भारत–चीन विवाद: झपडपछि स्याटेलाइट तस्वीरले खोल्यो पूर्वी लद्दाखको रहस्य

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : ०७


काठमाडौँ । पूर्वी लद्दाखको गल्वान भ्यालीमा भारत र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिक मारिएपछि दुई देशबीच विवाद तिब्र देखिएको छ।

गल्वान भ्यालीको झडपपछि एक स्याटेलाइट तस्वीर सार्वजनिक भएको छ। जुन तस्वीरले चीन र भारतबीचको उक्त सीमा क्षेत्रमा के भइरहेको छ भन्ने बारे खुलासा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त तस्वीरमा गलवान नदीको आसपास लाइन अफ एक्चुअल कन्ट्रोल (एलएली) को दुबै तर्फ चिनियाँ सेनाका कयौँ निर्माण क्याम्प देखिएका छन्। रिर्पोटमा यस दाबीसँग जोडिएको तस्वीर सार्वजनिक गरिएको छ।

रिटायर मेजर जनरल रमेश पधीले स्याटेलाइट तस्वीरका बारेमा भने, चीनले गवलान घाटीमा पूरै योजनाका साथ सेनाको गाडी र सरसामान जम्मा गरेको थियो। ता की उ लामो समयसम्म त्यहाँ रहन सकोस्।

उक्त स्याटेलाइट तस्वीर गलवान घाटीको पेट्रोल प्वाइन्ट १४ को हो। २२ मे मा लिइएको एक तस्वीरमा गलवान घाटीमा मात्र एक टेन्ट देखिएको थियो। तर यो पटक लिएको तस्वीरमा चिनियाँ सेनको उपस्थिती र निर्माण स्पष्ट रुपमा देखिएको छ।


प्रतिक्रिया दिनुहोस्