अब मानिसलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने तयारी

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ८ : ०४


काठमाडौँ । बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन मानिसमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ। लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो परीक्षण गरिन लागेको हो।

इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन्। यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल भइसकेको छ भने यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ अपेक्षा गरिएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना महामारी नियन्त्रणका लागि विश्वभरका वैज्ञानिक भ्याक्सिन बनाउने तयारीमा जुटिरहेका छन्।

हाल विश्वभर १२० स्थानमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास भइरहेको बताइएको छ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ।

यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ भने अष्ट्रेलिया, रुस र जर्मनीको एक-एक स्थानमा ट्रायल चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्