सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जनाको मृत्यु

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : १०


सिन्ह्वा । अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ।

उक्त प्रान्तका प्रवक्ता अब्दुल मरुफ अजरले सो जानकारी दिनुभएको हो। उहाँले उक्त सडकमा बेवारिसे अवस्थामा राखिएको बम विस्फोट भएर तीन जना बालबालिका र दुई महिलासहित छ जनाको ज्यान गएको बताउनुभयो।

अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता तारिक आरियानले अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान आतंककारीहरुले सो बम राखेको हुन सक्ने कुराको जानकारी दिनुभएको छ।

उक्त प्रान्तमा पनि तालिबानहरुको ठूलो उपस्थिति रहेको बताइएको छ । त्यसैले तालिबानले नै बम राखेको उहाँले जानकारी दिनुभयो ।

तर तालिबानहरुले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यसअघि भने उनीहरुले अफगास्तिानमा यसैगरी बम विस्फोट गराएर सर्वसाधारणको हत्या गर्ने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्