परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ०६


काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच टेलिफोनमा कुराकानी भएको छ।

दुई मन्त्रीबीच कोभिड-१९ महामारी र समसामयिक विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

साथै विकास परियोजनामा हुने साझेदारीको महत्वका बारेमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

नेकपामा एमसिसीबारे रस्साकस्सी चलेका बेला परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच भएको टेलिफोन कुराकानीलाई महत्वका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्