पृथ्वीको नजिकैबाट प्रस्थान गर्‍यो छुद्रग्रह, टर्‍यो ठूलो खतरा

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : २७


काठमाडौँ । अन्तरिक्षमा विश्वकै सबैभन्दा अग्लो भवन आकारको एक छुद्रग्रह पृथ्वी नजिकैबाट प्रस्थान गरेको छ।

१७ हजार ७ सय किलोमिटरको गतिमा आएको छुद्रग्रह आज अर्थात जुन २४ मा पृथ्वी नजिकैबाट गएको नासाले जनाएको छ। यसबाट पृथ्वीलाई कुनै खतरा भने भएको छैन्। यसअघि नै वैज्ञानिकले पृथ्वीलाई यसबाट कुनै खतरा नहुने पुष्टि गरिसकेका थिए।

यो छुद्रग्रहको गति यति तिब्र थियो की यो पृथ्वीमा ठोक्किए कयौँ मिटरसम्मको भाग ध्वस्त हुनसक्ने थिए। यद्यपी १ हजार ८ सय ७० फिट लामो यो छुद्र ग्रह पृथ्वीबाट ३७ लाख किलोमिटर टाढाबाट प्रस्थान गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।

यो छुद्रग्रहको लम्बाई दिल्लीको कुतुबमीनारभन्दा चार गुणा र अमेरिकाको स्ट्याच्युट अफ लिबर्टी भन्दा तीन गुणा ठूलो रहेको छ। यो ग्रह ४६ हजार ५०० किलोमिटर प्रतिघण्टाको रप्तारमा पृथ्वीतर्फ आएको थियो। यो छुद्रग्रह पहिलो पटक सन् २००२ जुलाइमा अवलोकन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्