आज थपिए ६२९ कोरोना संक्रमित

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : २७


काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १०७२८ पुगेको छ।

हालसम्म संक्रमित मध्ये २४ जनाको मृत्यु भएको छ भने २,३३८ जना निको भएका छन्।

विगत २४ घण्टामा ११४ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक सय १४ जना निको भएर डिस्चार्ज भएका छन्।


प्रतिक्रिया दिनुहोस्