वैवाहिक अंगीकृत नागरिकताबारे गगन थापाको फरक मत

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ३ : ५४


काठमाडौं । काँग्रेस सांसद गगन थापाले वैवाहिक अंगीकृत नागरिकताबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

नेपाली काँग्रेसले उक्त नागरिकता विधेयको विरोध गरिरहँदा नेता थापाले धारणा सार्वजनिक गर्दै पार्टीको भन्दा फरकम मत राखेका छन्।

नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाए वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा मत मिल्ने उनले उल्लेख गरेका छन।

नक्सामा देखिएको जस्तै नागरिकतामा पनि राष्ट्रिय सहमति कायम गर्न नेता थापाले आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्