कोरोनाको औषधी बनाएको घोषणा गर्ने रामदेव विरुद्ध मुद्धा हाल्दै सरकार

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ००


जयपुर । कोरोनाको औषधी ‘कोरोनिल’ बनाएको दाबी गर्ने बाबा रामदेव विरुद्ध भारतको राजस्थान सरकारले मुद्दा हाल्ने भएको छ।

बिना अनुमति औषधीको ट्रायल गरेको भन्दै राजस्थान सरकारले रामदेव विरुद्ध अदालतमा मुद्धा दायर गर्न लागेको हो।

परीक्षणका क्रममा जुन मानिसमा ट्रायल गरिएको थियो उनीहरु कोरोनाका बिरामी नभई अन्य रोगका बिरामी रहेको तथा हलुका लक्षण रहेकाहरुमाथि ट्रायल भएकाले नतिजा नकारात्मक आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

राजस्थान सरकारले भनेको छ, ‘यो परीक्षण होइन, धोखाधडी हो।’

पतञ्जली योगपीठले तयार गरेको ‘कोरोनिल’मा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँने र ७ दिनमा कोरोना निको पार्ने दाबी गरिएको छ।

उक्त औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गर्दै मंगलबार सार्वजनिक गरिएको थियो।

तर, भारत सरकारले उक्त ओषधीको प्रचार प्रसार नगर्न पतञ्जलीलाई आदेश दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्