अन्तरिक्षबाट पृथ्वीतर्फ आइरहेको छ ठूलो खतरा, अब केही घण्टा बाँकी

प्रकाशित मिति : असार १०, २०७७ बुधबार


काठमाडौँ । अन्तरिक्षमा विश्वकै सबैभन्दा अग्लो भवन आकारको एक छुद्रग्रह १७ हजार ७ सय किलोमिटरको बेगले पृथ्वी नजिक आइरहेको छ।

यो छुद्रग्रह आज अर्थात जुन २४ मा खस्नेछ। त्यसका लागि अब केही घण्टा मात्रै बाँकी रहेको बताइएको छ। पद्यपी यसबाट पृथ्वीलाई कुनै खतरा नहुने वैज्ञानिकले पुष्टि गरिसकेका छन्।

यो छुद्रग्रहको गति यति तिब्र छ की यो पृथ्वीमा ठोक्किए कयौँ मिटरसम्मको भाग ध्वस्त हुनसक्छ। यद्यपी १ हजार ८ सय ७० फिट लामो यो छुद्र ग्रह पृथ्वीबाट ३१ लाख माइल टाढाबाट प्रस्थान हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रष्ट पारेको छ। छुद्र ग्रहबाट पृथ्वीलाई कुनै खतरा नभएको वैज्ञानिकहरुले बताएका छन्।

यो छुद्रग्रहको लम्बाई दिल्लीको कुतुबमीनारभन्दा चार गुणा र अमेरिकाको स्ट्याच्युट अफ लिबर्टी भन्दा तीन गुणा ठूलो रहेको छ। यो ग्रह ४६ हजार ५०० किलोमिटर प्रतिघण्टाको रप्तारमा पृथ्वीतर्फ आइरहेको छ।

यो ग्रहणलाई पृथ्वीबाट सामान्य आँखाले देख्न नसकिन वैज्ञानिकहरुले बताएका छन्। यो छुद्रग्रह पहिलो पटक सन् २००२ जुलाइमा अवलोकन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्