बढ्यो सुनको भाउ, हालसम्मकै उच्च

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ५७


काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ५ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयामा कारोबार भैरहेको छ ।

मंगलबार सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्