‘हामीले चाँडै नै कोरोनाविरुद्धको भ्याक्सिन पाउँदैछौं’

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ५४


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाँडै नै कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुने दाबी गरेका छन्।

एरिजोनामा आयोजना भएको एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै ट्रम्पले कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची सार्वजनिक गरेका छन्।

ट्रम्पले भने, ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं । हामीले अमेरिकी सेनालाई त्यो शक्ति दिएका छौं।’

ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिएका छन्। सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको पनि ट्रम्पको दाबी छ।

ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेको पनि जानकारी दिए । कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ।


प्रतिक्रिया दिनुहोस्