थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : २५


काठमाडौँ । गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशका ८ जिल्ला लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ।

थपिएका नयाँ संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी रहेको पनि निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्