कोरोनाको औषधि सार्वजनिक गरेकै दिन समस्यामा फसे रामदेव

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ०२


काठमाडौँ । पतञ्जलीको ‘कोरोनिल ट्याबलेट’ र ‘श्वासारि बुटी’ नामक औषधी सार्वजनिक भएकै दिन योगगुरु रामदेव समस्यामा फसेका छन्।

कोरोना भाइरसको औषधिसम्बन्धी बनाएको विज्ञापनमाथि भारतीय सरकारले रोक लगाएको छ। भारतको आयुष मन्त्रालयले उक्त औषधिमाथि बनेको विज्ञानमा रोक लगाएको हो।

पतञ्जलीले उक्त औषधी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आयुर्वेदिक उपचारमा प्रयोग गर्न सकिने दाबी छ। तर मन्त्रालयले भने कम्पनीले दाबी गरे अनुसार औषधिको तथ्य र अध्ययनका बारेमा आफूलाई कुनै जानकारी नभएका कारण विज्ञापनमा रोक लगाएको बताएको छ। तर मन्त्रालयको उक्त भनाइको खण्डन गर्दै योगगुरु रामदेवले भने आफूले मन्त्रालयको मन्जुरी लिएरै क्लीनिकल ट्रायल गरेको दाबी गरेका छन्।

उनले सरकारले विज्ञापनमा रोक लगाएपनि आफूलाई कुनै असर नपर्ने बताएका छन्। भारतीय मिडियासँग कुरा गर्दै रामदेवले भनेका छन्, हामीलाई विज्ञानको आवश्यकता पर्दैन्। यो समय लाखौँ मानिसले यो औषधि मागिरहेका छन्। यसको परीक्षण सफल भएको छ। हामीसँग परीक्षण गरेका २८० मानिसको तथ्यांक पनि छ।

बाबा रामदेवको दाबी छ कि उक्त औषधी ट्रायलमा २८० प्रतिशत बिरामीले भाग लिएका थिए । उनीहरु सबै पुरै किसिमले ठिक भएका थिए । उनले औषधी परीक्षणका लागि पहिले नै अनुमति लिइएको पनि दाबी गरेका छन ।


प्रतिक्रिया दिनुहोस्