थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ३४


काठमाडौँ । नेपालमा थप १०४ जनामा कोरोना भाइरस (कोभिडि-१९) पुष्टि भएको छ। गण्डकी प्रदेशमा ७ जिल्लामा १०४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप १०४ जनाको रिर्पोट कोरोना पोजेटिभ देखिएको हो। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ।

नयाँ थपिएका कोरोना संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको पनि निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्