अन्ततः पूर्व निर्धारित मितिमा एमसीसी अनुमोदन नहुने पक्का

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : १९


काठमाडौँ । यही असार १५ गतेभित्र अनुमोदन गरिसक्नु पर्ने बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ।

मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असार १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन निर्धारित समयमा नहुने पक्का भएको हो।

एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित एमसीए नेपालका अनुसार २०२० जुन (१६ असार) सम्म सम्पूर्ण तयारी सक्नु पर्ने भनिएको थियो। निर्धारित मितिमा तयारी सकिएको भए १७ असारदेखि एमसीसी कार्यान्वयनमा जाने तयारी थियो।

तर अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असार १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नहुने देखिएको छ। एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपामै विवाद थियो।

कार्यन्वयन सुरु भएको पाँच वर्षभित्रै एमसीसी अन्तर्गतका सम्पूर्ण आयोजना सम्पन्न हुनुपर्ने बाध्यकारी व्यवस्था सम्झौतामा छ। एमसीसी कम्प्याक्ट (सम्झौता) संसदबाट अनुमोदन गर्नु पर्ने प्रावधान छ। कम्प्याक्टमा उल्लेखित कतिपय प्रावधान आपत्तिजनक रहेको आलोचकहरूले बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्