एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ००


दाड । एमसीसी सम्झौता देशको राष्ट्रियता र स्वाधीनता बिरोधी भएको हुनाले त्यसलाई खारेज गर्नुपर्ने कुरामा घोराहीमा आज आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

एमसीसी सम्झौताको विरुद्धमा आन्दोलनरत सयुक्त संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर केसी, नेकपा मालेका जिल्ला सदस्य कपिल पोख्रेल, राष्ट्रिय जागरण मञ्चका प्रतिनिधि कृथिपाल चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सुशील पोख्रेलले गर्नुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस्