नेपालका कुन जिल्लामा कति कोरोना संक्रमित ? (तालिका)

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ५८


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको कारणले आज एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड-१९ को कारण मृत्यु भएको जानकारी दिइयो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती व्यक्तिको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको क्रममा हिजो असार ८ गते मृत्यु भएको हो। उनी क्षयरोग र दमका बिरामी रहेका थिए।

दैलेखको दुल्लु अस्पतलामा उपचार नभएपछि यही असार ३ गते प्रादेशिक अस्पतालमा थप उपचारका लागि पठाइएको थियो। मृतक व्यक्तिको यही असार ३ गते स्याब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो। उनीसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।

आज ५३८ सङ्क्रमितसँगै दश हजारभन्दा बढी पुगे

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज ५३८ जनामा देखिएको छ । पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ पुरुष र महिला ९० जनामा सङ्क्रमण देखिएका छ । हिजो सोमबार ५३५ जनामा सङ्क्रमण देखिएको थियो ।

आज थपिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । तीमध्ये महिला ९८४ र पुरुष नौ हजार ११५ जना रहेका छन् ।

यसैगरी अहिलेम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९९५ पीसीआर र तीन हजार ४८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन्।

कुन जिल्लामा कति संक्रमित ?

रौतहट – ११५९
दैलेख – ७४९
कपिलवस्तु – ७०५
सर्लाही – ६१६
महोत्तरी – ५३९
सुर्खेत – ३२३
दाङ – ३१५
धनुषा – ३१७
रुपन्देही – २७४
बाँके – ३४४
कैलाली – ३२८
अर्घाखाँची – २५१
गुल्मी – २३६
डडेल्धुरा – २०४
झापा – २००
सल्यान – १७५
पर्सा – १५८
सप्तरी – १९५
बर्दिया – १५३
बैतडी – १५४
मोरङ – १३१
बारा – १०८
नवलपरासी पूर्व – १७५
कञ्चनपुर – ११२
धादिङ – १३७
सिरहा – १६२
स्याङजा – १४२
बागलुङ – १३१
अछाम – ८३
बाजुरा – ९०
प्युठान – १७४
सुनसरी – ६७
पाल्पा – २३१
डोटी – १४८
नवलपरासी पश्चिम – ८१
तनहुँ – ९१
उदयपुर – ५५
गोरखा – ८१
पर्वत – ६५
चितवन – ४८
कालिकोट – ४३
जुम्ला – २६
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
बझाङ – ४४
कास्की – २४
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १३
काठमाडौं – ४१
जाजरकोट – ९
सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – १६
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – २
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – ६
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १


प्रतिक्रिया दिनुहोस्