पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुग्यो

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ०६


पाल्पा । पाल्पा तानसेनको सम्मोबारीमा सोमबार पहिरोले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका-८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो।

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन्। झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्