पाकिस्तान क्रिकेट टिमका थप ७ खेलाडीमा कोरोना पुष्टि

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार


काठमाडौँ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमित हुने खेलाडीको संख्या १० पुगेको छ।

सोमबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। पाकिस्तान क्रिकेट बोर्डले मंगलबार थप ७ खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको जनाएको छ।

बोर्डले कराची लाहोर र पेशावरमा गरी कुल ३५ जना खेलाडीमा कोरोना परीक्षण गरेको थियो। जसमा अहिलेसम्म १० खेलाडीमा कोरोना संक्रमण देखिएको हो।

मंगलबार कोरोना पोजेटिभ देखिने खेलाडीमा फखर जमन, इमरान खान, कासिफ भट्टी, मोहम्मद हाफिज, मोहम्मद हासनेन, मोहम्मद रिजवान र वाहव रियाज छन्। यसअघि हैदर अली शदाब खान र हरिस राउफलाई कव्रोना संक्रमण भएको थियो।

परीक्षण गरिएकामध्ये अन्य १६ खेलाडीको रिपोर्ट नेगेटिभ देखिएको छ।


प्रतिक्रिया दिनुहोस्