कार दुर्घटनामा बाँकेमा दुईजनाको मृत्यु

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४६


शिवु खनाल
दाङ । बाँकेमा भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– १ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी चितवनको भरतपुर महानगरपालिका– १२ का कारचालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासीको कावासोती नगरपालिका– ८ का २२ वर्षीय क्षितिजराज कँवरको मृत्यु भएको छ । चालक लम्सालको कोहलपुर मेडिकल कलेजतर्फ लैजाँदै गर्दा बाटोमै र कुँवरको उपचारका क्रममा मृत्यु भएको खड्काले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्