कोरोना भाइरसबारे अर्को डरलाग्यो तथ्य सार्वजनिक

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : २१


काठमाडौँ । नेपालसहित विश्वभर फैलिएको कोरोना भाइरसबारे नयाँ तथ्य पत्ता लागेको छ। बेलायती अनुसन्धानकर्ताले एक पटक कोरोना भाइरस संक्रमित भइसकेको मानिसलाई जीवनभर स्वास्थ्य समस्या देखिने दाबी गरेका छन्।

अनुसन्धान कर्ताहरुले एकतिहाई कोरोना पोजेटिभको फोक्स लामो सयमका लागि खराब हुने भन्दै उनीहरुलाई आजीवन थकाई लाग्ने, स्वासप्रस्वास सम्बन्धि समस्या हुने समस्या देखिने दाबी गरेका हुन्।

यस्तै आईसीयूमा उपचार गरिएका कोरोना भाइरस विरामीको मष्तिस्कमासमेत नराम्रो असर पर्ने अनुसन्धानकर्ताहरुको दाबी छ। अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पोजेटिभ भएका मानिसहरुलाई भविष्यमा अलजाइमरको समस्या हुन सक्ने पनि दाबी गरेका छन्।

उनीहरुले कोरोना भाइरस पोजेटिभहरुलाई ठिक भएर कोरोना भाइरस नेगेटिभ भइसके पनि थप उपचार गर्नुपर्ने सुझाव अनुसन्धान कर्ताको छ।


प्रतिक्रिया दिनुहोस्