तीन महिनापछि नेपाल फर्किइन हिमानी शाह

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ००


काठमाडौँ । लकडाउनका कारण थाइल्यान्डमा रोकिएकी पूर्वयूवराज्ञी हिमानी शाह तीन महिनापछि आज स्वदेश फर्केकी छन्। बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन्।

मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीलाई स्वदेश फर्काएको थियो। सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि नेपाल आएका हुन्।

दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बसेका छन्। नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन्। उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्