५३५ रूपैयाँको औषधिले ७ दिनमा कोरोना निको पार्ने दाबी

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ११


काठमाडाैं । जडीबुटीबाट अनेकाैं राेगकाे ओखती उत्पादन गरेर नेपाल र भारतका बजारमा जम्दै आएकाे स्वामी रामदेवकाे पतञ्जलि याेग पिठले विश्वलाई आतंकित बनाई रहेकाे काेभिड-१९ काे ओखती अनुसन्धान गरेर प्रमाणित गरेकाे दावी गरेका छन् । २०७७ असार ९ गते स्वामी रामदेवले काेराेनाकाे ओखती परीक्षण गरेर शतप्रतिशत निकाे पारेकाे दावी पनि गरेका छन् ।

पतञ्जलि याेग पिठले जडुबुटीबाट उत्पादन, परीक्षण र प्रयाेग गरेर प्रमाणित भएकाे दावी गरिएकाे काेभिड -१९ आयुर्वेद ओखती निकै सस्ताे मूल्यमा अब बजारमा उपलब्ध हुने भएकाे छ । भारतीय टेलिभिजनहरूकाे प्रत्यक्ष प्रसारणमा स्वामी रामदेवले दावी गरे अनुसार याे ओखती आम मानिसका लागि अब सात दिन भित्र भारतीय बजारमा उपलब्ध हुनेछ ।

काेभिड-१९ ले विश्वकाे अर्थ व्यवस्था समेत तहसनहस पारेकाे यस्ताे दुखद घडीमा स्वामी रामदेवले दावी गरे अनुसार काेभिड-१९ उपचार सम्भव भयाे भने पतञ्जलि याेग पिठले विश्वमा एउटा इतिहास रच्ने कुरा त छदैछ, आयुर्वेद संसारमा आचार्य बालकृष्ण एक्काइसाैं शताब्दीका साक्षात् भगवान सिद्ध हुनेछन् ।

काेभिड-१९ काे पतञ्जलि याेग पिठले उत्पादन गरेकाे आयुर्वेद ओखती निकै सस्ताे मूल्यमा भारतीय रूपैयाँ ५३५। (रू. ८५६।)मा उपलब्ध हुने छ ।

पतञ्जली आयुर्वेदका तर्फबाट गरिएको पत्रकार सम्मेलन गर्दै रामदेवले घोषणा गर्दै भने, ‘विश्वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो । आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ । यसको नाम हामीले कोरोनिल राखेका छौ ।’

पतञ्जलीले बनाएको यो औषधि बजारमा किन्न सकिने जानकारी दिँदै, ‘आयुर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्जलीको स्टोरबाट पाउन सकिन्छ’, उनले भने ।

आगामी सोमबारसम्म एक एप सार्वजनिक गरी त्यसैको माध्यमबाट घरघरसम्म औषधि पुर्‍याइने भन्दै उनले एलोपेथिक सिष्टमले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्जलीले भने क्लिनिल कन्ट्रोलको अध्ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरे ।

‘हामीले परीक्षण गरेको औषधिले तीन दिनमा ६५ प्रतिशत रोगी पोजिटिभबाट नेगेटिभ भइसकेका छन् । कोरोना संक्रमित व्यक्ति सात दिनमा शतप्रतिशत ठीक हुन्छ,’ उनले भने ।

सबै वैज्ञानिक तथ्यहरुलाई आधार मान्दै कोरोनिलको तयार गरेको भन्दै बाबाले भने, ‘हामीसँग सबै प्रश्नको जवाफ छ, किनकी हामीले सबै वैज्ञानिक नियमको पालना गरेका छौं ।’

उक्त औषधिमा गुर्जो, अश्वगन्धा, तुलसी र श्वासारी मिसाएर बनाइएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने जानकारी उनले दिए । कोरोनिल भारतीय ६ सय रुपैयाँमा पाउने पनि उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्