‘अब हामी सरिताहरुलाई अधिल्लो दिन ल्याएर अर्को दिन मन्त्री बनाउन दिन्नौ’

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : २२


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामनारायण बिडारीले सरिताहरु जस्तालाई अधिल्लो दिन ल्याएर अर्को दिन मन्त्री बनाउने मेलोमा आफूहरू नरहेको बताउनुभएकाे छ ।

राष्ट्रिय सभामा बोल्दै बिडारीले भारतीय नागरिकलाई मात्रै लागू हुने गरी नागरिकता ऐन निर्माण नगरिएको बताउँदै उहाँले संसारभरका केटा-केटीसँग विवाह गर्न मिल्ने गरी नागरिकता ऐन बनाइएको पनि बताउनुभयाे।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भन्नुभयाे ‘भारतले छोरी दिन्न भनेर पिर पर्यो भनेर एक जनाले तल्तिर बोलेछन् । अब भारतले हामीलाई छोरी दिन्न भनेर रोयछन् बा ।’ उहाँले थप्नुभयाे ‘भारतले छोरी नदिए नेपालकी छोरी नेपालको छोरोसँग बिवाह गर्छ ।’

बिडारीले भारतले नेपाललाई छोरी दिन सांसद कि मन्त्री बनाउन दिने हो ? भन्दै प्रश्न समेत गर्नुभएकाे छ । उहाँले भन्नुभयाे ‘नारा लगाउनेले हाम्रा छोरीलाई भारतले किन हेपाएको ? भारतमा लगेर किन दासी कमारी बनाएको ? भनेर नारा लगाउन मिल्दैन ? छोरी ज्वाईलाई दिने होकी सांसद र मन्त्री बनाउन दिने हो ?’


प्रतिक्रिया दिनुहोस्