सुशान्तमाथि केन्द्रित रहेर ‘सुसाइड और मर्डर’ बन्ने

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : १२


काठमाडाैं । बलिउड चलचित्र निर्माता विजय शेखर गुप्ताले सुशान्तको आत्माहत्याको विषयलाई लिएर चलचित्र बनाउने घोषणा गरेका छन् । ‘सुसाइड और मर्डर’ नाम राखिएको यस चलचित्रमा सुशान्तले करिअरमा भोग्नु परेको उत्तर-चडाव र डिप्रेशनको विषयलाई देखाइने छ ।

शमिक मौलिकले निर्देशन गर्ने यस चलचित्रको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ । चलचित्रको पटकथा तथा संवाद राकेश कुमारले लेखिरहेका छन् । चलचित्रको छायांकन छिट्टै सुरु हुने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्