‘दबंग’ का निर्देशक अभिनव कस्यपविरुद्ध मुद्धा दायर

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ०९


मुम्बई । बलिउड चलचित्र ‘दबंग’ का निर्देशक अभिनव कस्यपविरुद्ध अरबाज खानले मुद्धा दायर गरेका छन् । बलिउड अभिनेता सलमान खानका भाई अरबाजले कस्यपविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।

कस्यप बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि सलमान र उनका परिवारविरुद्ध आक्रामक बन्दै आइरहेका छन् । उनले केही समयअघि सलमानको परिवारले आफ्नो भविष्य सिध्याउन खोजेको आरोप लगाएका थिए ।

साथै उनले बलिउड नातावादले जेलिएको र उनीहरुले अरुले गरेर खाएको देख्न नसक्ने जिकिर गरेका थिए । हालै कस्यपले सलमानको ‘बिइङ ह्युमन फाउन्डेसन’ माथि समेत प्रश्न उठाएका छन् ।

उनले सो फाउन्डेसन मानवतावादी कामको लागि नबनेको र त्यसले कालो धनलाई सेतो बनाउने काम गरेको आरोप लगाएका छन् । अरबाजले अभिनवविरुद्ध मुद्दा हालेको र चलचित्र संघमा पनि उजुरी दिएको जनाए ।


प्रतिक्रिया दिनुहोस्