थप एक जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्याे

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  २ : ५६


सुर्खेत । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति मृत्यु भएको हो । असार ३ गते अस्पतालको आईसियूमा उपचारका लागि भर्ना भएका उनी विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका थिए ।

कोरोना विशेष अस्पताल, प्रदेश अस्पतालका फोकल पर्सन डा. केएन पौडेलका अनुसार उनको शव सुर्खेतमै नेपाली सेनाले अन्त्येष्टि गर्नेछ । त्यस्तै कैलालीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरीका ४४ जनामा कोरोना पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्